श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख २५ गते आइतबार, ८ मे २०२२ । नलनाम संवत्सर, वैशाख शुक्लपक्षको सप्तमी तिथि १७ः१९ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पुष्य १५ः१४ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः१९ बजे र सूर्यास्त ६ः४१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ अवसर प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशेषगरी अतिथिको रूपमा सत्कार पाइएला । आफन्तले आश्वासन र सहयोग गर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायको सन्दर्भमा योजना बन्नेछ । रोजगारको अवसर मिल्नेछ । दिन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पढाइमा प्रगति हुनेछ । बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ । मन शान्त रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा निराशा र व्यवसायमा मन्दी आउनेछ । स्वास्थ्यप्रति बढी सचेत रहनुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । रोकिएका अधुरा काम पुनः सुरु हुन सक्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रविधिमार्फत् दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दिन सामान्य छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार–व्यवसायमा सफलता मिल्नेछ । छोटो दूरीको यात्रा हुनेछ । दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शिर एवम् आँखा दुख्ने तथा रुघाखोकीले दुःख दिन सक्छ । समय मध्यम्खालको रहेको छ ।