श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख २३ गते शुक्रबार, ६ मे २०२२ । नलनाम संवत्सर, वैशाख शुक्लपक्षको पञ्चमी तिथि १२ः५३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र आद्र्रा ९ः३८ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः२० बजे र सूर्यास्त ६ः४० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
वैदेशिक यात्राको योग रहेको छ । सोचेअनुरूप नै लाभ मिल्नेछ । समय राम्रो रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेमसम्बन्धमा समस्या आउनेछ । वैदेशिक यात्राको योग रहेको छ । दिन सामान्य छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तारिफयोग्य कामले धेरैको मनमा बस्न सफल भइनेछ । समय प्रसन्नताका साथ बित्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हड्डीसम्बन्धी समस्याले सताउला । खानपानमा अलि सचेत रहनु पर्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ इष्टमित्रसँग सम्बन्ध जोडिनुका साथै पछिका लागि विशेष फाइदा हुनेछ । दिन राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ वस्त्र प्राप्त हुने योग रहेको छ । परिवारबाट सहयोग पाइनेछ । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्रा गर्दा बहुमूल्य वस्तु हराउन सक्नेछ । सचेत भएर कामकाज गर्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । अकास्मात धनलाभ हुने समय देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नसोचेको स्थानबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको प्रारम्भ होला । मन शान्त रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधन चलाउँदा सचेत रहनु होला । स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । उच्च व्यक्तिबाट सम्मान पाइनेछ ।