श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख २२ गते बिहीबार, ५ मे २०२२ । नलनाम संवत्सर, वैशाख शुक्लपक्षको चतुर्थी तिथि १०ः२२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र  मृगशिरा ६ः३४ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः२१ बजे र सूर्यास्त ६ः३९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोकिएका काम पुनः सुरु हुन सक्नेछन् । जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आँखासम्बन्धी समस्याले सताउला । लामो दूरीको यात्रा कष्टमय हुनसक्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पुरानो घाउ बल्झिनाले पुनः स्वास्थ्यमा समस्या देखा पर्ला  । कारोबार गर्दा सचेत रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्रको व्यवसायबाट मनग्य लाभ मिल्नेछ । तीर्थयात्राको योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोली वचनको कारणले गर्दा बन्नलागेको काम बिग्रन सक्छ । अतः सचेत रहनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमसम्बन्धमा समस्या आउनेछ । आफन्तजनहरूमा मनमुटाव बढ्नेछ । दिन सामान्य छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सवारी साधनको खरिद बिक्री गर्ने योग छ । यात्रा गर्दा अलि सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सरकारी निकायबाट प्रशस्त मात्रामा सहयोग प्राप्त हुनेछ । मन प्रसन्न रहने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध सफल रहने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका कामले पनि निकास पाउनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यबाट धनलाभ हुनेछ । पढाइ, लेखाइमा प्रगति हुनेछ । दिन राम्रो छ ।