श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख २१ गते बुधबार, ४ मे २०२२ । नल संवत्सर बैशाख शुक्लपक्षको तृतिया तिथि ७ः५३ बजे सम्म, उप्रान्त चतुर्थी नक्षत्र  मृगशिरा ६ः३४ बजेसम्म, उप्रान्त आद्र्रा चन्द्रमाराशि वृष सूर्योदय ५ः२२ र सूर्यास्त ६ः३९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
राजनैतिक क्षेत्रमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्चलागे पनि लगानीको अवसर ज्टनसक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आफ्नो लाभांशमाथि अरुले दावी विरोधगर्न सक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मानसिक चिन्ताका कारण शिरमा गहिरो असर पर्न सक्छ । मनलाई स्थीर बनाउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तिर्थ यात्राको योग रहेको छ । मनोरञ्जनमा समय वित्ने छ । दिन राम्रो रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । मन शान्त रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज राजनैतिक कार्यमा सपलता मिल्नेछ । बन्धुवान्धवबाट भने सहयोग प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज कहिकतैबाट कुनै उपहार प्राप्त होला । अकास्मत स्वास्थ्यमा समस्या देखा पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शेयरमा लगानी गर्दा पछिका लागि फाइदा हुनेछ । मन प्रसन्न रहनेछ । दिन राम्रो छ ।