धरान । धरान उपमहानगरपालिका–१ लक्ष्मीचोकमा रौदी खतिवडाले सञ्चालनमा ल्याएको रुवा उद्योगमा आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
सरोज आचार्यको जग्गामा सञ्चालनमा ल्याएको खतिवडाको रुवा उद्योगमा विद्युत् सर्ट भई मङ्गलबार साँझ साढे ६ बजेदेखि आगो लाग्न थालेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
धरान उपमहानगरको दुईवटा दमकल, स्थानीय, जनपद प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगो आधा घण्टापछि पूर्ण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
टिनले बारेको उद्योगमा कपडाको रुवा बनाउँदै आएका थिए । कपडा पनि भण्डारण गरिएको स्थानीयवासीले जानकारी दिए ।