धनकुटा । धनकुटामा हावाहुरी र असिना पानीले ५ घरलाई क्षति पुर्याएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो आएको हावाहुरीसँगै आएको असिना पानीले धनकुटा नगरपालिका–८ सान्ताङ र वडा नं. ९ मा क्षति पुर्याएको हो ।
अचानक आएको हावाहुरी र असिनाको कारण घरहरू र बालीनालीमा समेत पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । क्षतिको विवरण सङ्कलन भइरहेकाले विवरण आउन बाँकी रहेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए ।
उनले घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली खटाइएको जानकारी दिए । धनकुटामा हावाहुरीका कारण मानवीय क्षति भने भएको छैन ।
हावाहुरीका कारण हालसम्म धनकुटामा हाल १० लाख बराबरको क्षति भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर एवम् निमित्त प्रवक्ता काशीनाथ रेग्मीले जानकारी दिए ।