पाँचथरको हिलिहाङमा  ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

शनिबार राती पौने ९ बजे ताप्लेजुङबाट फिदिम तर्फ आउदै गरेको ना.२ ख ८३१६ नम्बरको ट्रक गाउँपालिका ७ स्थित मेची राजमार्गमा अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टी दुर्घटना हुँदा ट्रकले च्यापिई चालक पाँचथर फालेलुङ गाउँपालिका १ का २७ बर्षीय प्रेम कुमार गौलीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्याल पाँचथरले जनाएकाे छ । 

कार्यालयका अनुसार कार्यालबाट खटिएकाे प्रहरी टोलीले ट्रकलाई जेसिविको सहयोगमा उठाई मृतक शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ ।