झापाको गौरादहमा चट्याङले लागेर एक महिलाको मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा  नगरपालिका ५ कि ४० बर्षीया मन माया थापा रहेकाे इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । कार्यालयका अनुसार  आज दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागेर घाइते भएकी थापाकाे उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा  बाटोमा नै मृत्यु  भएकाे हाे ।