धरान । विभागीय टिम त्रिभुवन आर्मी क्लब अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइफाइलनमा प्रवेश गरेको छ । 

इटहरी रंगशालामा सुरु भएको बाह्रौं इटहरी गोल्डकपमा आर्मीले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो । 

जितका लागि आर्मीका टेकबहादुर बुढाथोकी र भरत खवासले गोल गरे । यता जागृतिबाट विजय भुजेलले सान्तवना गोल गरे । टेकबहादुरले खेलको २९ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए भने खवासले ४० औं मिनेटमा गोल गरे । यता विजयले ६९ औं मिनेटमा गोल गरे । 

खेलको म्यान अफ दी म्याच आर्मीका भरत खवास घोषित हुँदै नगद १० हजार हात पारे । आज (आइतबार) को खेल मनाङ मस्र्याङ्ग्दी र पहुना टोली कञ्चनजंगा फुटबल क्लब भारतबीच खेल हुने आयोजकले जनाएको छ । चैत २६ गतेसम्म चल्ने प्रतियोगितामा दुई विदेशी सहित ८ टिम सहभागी छन् । 

प्रतियोगिता विजेताले ७ लाख नगदसहित ट्रफी पाउनेछ भने उपविजेताले ३ लाख ५० हजार पाउनेछ ।