भरौल । धनकुटाको राजारानी फुटबल क्लब सुनसरीको वराहक्षेत्रस्थित कालाबञ्जारमा जारी पाँचौं अन्तर्राष्ट्रिय भरौल गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । 

न्यू स्टार फुटबल क्लबको आयोजनामा सुरु भएको पाँचौं वाइ वाइ भरौल गोल्डकपमा पाहुना टोली कञ्चनजंघा फुबटल क्लब भारतलाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा राजारानीका शिशिर लेखी, मनिष थापाले दुई–दुई गोल गरे । यता कन्चनजंघाबाट एकमात्रै सान्तवना गोल पुजन सुब्बाले गरे । खेलको म्यान अफ दी म्याच शिशिर लेखी घोषित हुँदै नगद ५ हजार रुपैयाँ पाए । उनलाई वराहक्षेत्र नगरपालिका वडाध्यक्ष आशाराम चौधरीले नगद प्रदान गरे । 

varoul_gold_cup (2)

प्रतियोगिता विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउने आयोजकले जनाएको छ । आइतबार रेडहर्स फुटबल क्लब इलाम र बिन्दावासी फुटबल क्लब चितवनबीच हुने क्लबका अध्यक्ष भेषराज कार्कीले बताए । प्रतियोगिताको उद्घाटन वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले गरे ।