धरान । सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिताको उपाधि धरान–१५ ले जितेको छ । समूह एबाट समूह विजेता बन्दै फाइलनमा पुगेको धरान १५ ले फाइनलमा धरान ११ लाई २–० गोलले हराउँदै २ लाख रुपैयाँ पुरस्कार पाएको छ । 

शनिबार धरान रंगशालामा सम्पन्न खेलमा धरान ११ ले १ लाख रुपैयाँ पाएको छ । १५ नं. वडा व्यक्तिगत पुरस्कारमा समेत अघि रह्यो १५ नं. वडाका गोल किपर प्रविण लिम्बू प्रतियोगिताको उत्कृष्ट गोल किपर घोषित भए । उत्कृष्ट मिडफिल्डर सुगम जिमी, उच्च गोलकर्ता मदन लाबुङ, उत्कृष्ट प्रशिक्षक जुदास राई र फाइनल खेलको म्यान अफ द म्याच बसन्तकुमार बानिया घोषित भए । उनीहरु १५ नं. वडाका खेलाडीहरु हुन् त्यस्तै वडा नं. ११ का अजय विष्ट उत्कृष्ट डिफेन्स घोषित भए । त्यस्तै उत्कृष्ट स्ट्राइकर वर्तमान राई घोषित भए । 

प्रत्येकलाई नगद ५ हजार सहित मेडल प्रदान गरिएको थियो । प्रतियोगिताको आयोजना धरान उपमहानगरपालिका नगर खेलकुद विकास समितिले गरेको हो भने व्यवस्थापन धरान भेट्रान्स फुटबल क्लबले गरेको थियो । प्रतियोगितामा गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी थिए ।