धरान । धरानको एसडी (सगरमाथा) कलेजको आयोजनामा बिहीबारदेखि सुरु भएको खेलकुद सप्ताहअन्तर्गत फुटसलको उपाधि कलेजको शिक्षकको टिमले जितेको छ । 

आमन्त्रित दुई टिमसहित ६ टिमबीच भएको प्रतिस्र्धामा कलेजको शिक्षकको टिमले व्यवस्थापन सङ्काय कक्षा १२ को टिमलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै छात्रमा भने कक्षा १० को टिमले जितेको छ । 

विजेता टिमलाई कलेजका प्राचार्य सन्तोष राई, सहप्राचार्य देवराज रेग्मीलगायतले पुरस्कार वितरण गरे । त्यस्तै शुक्रबारबाट दुई दिनसम्म इनडोर खेलहरू हुनेछन् । कलेजका संयोजक विशाल राईका अनुसार शुक्रबारबाट ब्याडमिन्टन, चेस, क्यारमबोर्ड, बास्केटबल खेल हुने छ । खेलकुद सप्ताहको समापन शनिबार हुने आयोजकले जनाएको छ ।