श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन १९ गते बिहीबार, ३ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको प्रतिपदा तिथि २१ः५२ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वभाद्रपदा २ः०९ बजेसम्म, उप्रान्त  उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः२६ र सूर्यास्त ६ः०५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिक्षा गरिएको नतिजा अलि कमजोर आउन सक्छ । सहयोगीहरूले भने साथ दिनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ । आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विभिन्न अवसर पनि प्राप्त हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ ।  वादविवादमा अघि नसर्नु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार–व्यवसायबाट मनग्य लाभ हुनेछ । प्रेम  वा मित्रताको बन्धन कसिलो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा परिवारजनको साथले उत्साहित भइनेछ । मध्यान्हदेखि भने सानातिना समस्यामै अल्झनु पर्नेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रमप्रति समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ । दिन सामान्य छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुनसक्छ । शरीरमा कमजोरी महसुस हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि र समय खर्चनु पर्ला ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो सम्पत्तिमा अरूले दाबी गर्न सक्छन् । मध्यान्हपछि सामाजिक उत्तरदायित्व बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य कमजोर हुनाले चिन्ता बढाउनेछ । परिस्थितिवश चिताएको काम रोकिन सक्छ ।