धरान । नेवाः देय दवूः सुनसरीको दोस्रो अधिवेशनले वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । 

सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्रमान स्थापित, उपाध्यक्षद्वयमा केदारकुमार श्रेष्ठ, पुष्पा श्रेष्ठ, सचिवमा सुशीलकुमार शाक्य, सञ्जु प्रधान र कोषाध्यक्षमा मानकुमार श्रेष्ठलगायत सदस्य चयन भएका छन् । 

यस्तै प्रदेश प्रतिनिधिमा नारायणप्रसाद श्रेष्ठ, तीर्थ मास्के, गणेश प्रधान, नरेशकुमार शाक्य, नारयाणकुमार श्रेष्ठ, खड्गनारायाण श्रेष्ठ, मीभबहादुर श्रेष्ठ, लोकबहादुर श्रेष्ठ र पुष्पा श्रेष्ठ चयन भएका छन् । यसैगरी महाधिवेशन प्रतिनिधिमा चित्रमान प्रधान, मनिष खड्गी, मनोहर शाक्य, सुशीला श्रेष्ठ र सञ्जु प्रधान  चयन भएका छन् । 

दवूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश, जिल्लालगायतका नेवारी संघसंस्थाका प्रतिनिधिहरू सहभागी रहेका थिए ।