धरान । नेवार समुदायको साझा संस्था नेवाः देय दवूःको केन्द्रीय राष्ट्रिय महाधिवेशन धरानमा गरिने भएको छ । त्यसका लागि दवूःले तयारी थालेको छ । 

सातौं राष्ट्रिय महाधिवेशनको पूर्वतयारी स्वरूपमा धरानको सिद्धि नेवाः परिषद् धरानको सभाहलमा महाधिवेशनका लागि तीसवटा समितिहरू निर्माण गरिन लागिएको केन्द्रीय सदस्य तथा महाधिवेशन कार्यक्रमका लागि संयोजक अनिल मास्केले बताए । महाधिवेशनको पूर्वसन्ध्यामा अहिले जिल्लाका अधिवेशनहरू भइरहेका छन् । जसअन्तर्गत सोमबार मात्रै सुनसरीको अधिवेशन सम्पन्न भएको छ । 

चैतको १३ र १४ गते गरिन लागिएको महाधिवेशनमा नेवारी समुदायको झाँकी, र्यालीलगायत कार्यक्रम गरिने पनि कार्यक्रम छ । नेवार समुदायको हकहित तथा अधिकारका लागि स्थापित संस्थामा अन्य नेवारी संघसंस्थाहरू आवद्ध रहेका छन् । त्यस्तै प्रदेश १ को अधिवेशन भने भोजपुरमा फागुन ३० गते हुने जनाइएको छ ।