धरान/ मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा याम्फू किरात समाजको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । 

महाधिवेशनबाट रन्जित गेसा याम्फूको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । समितिको उपाध्यक्षमा भैरव याम्फू, महासचिवमा दिलकुमार याम्फू, सचिवमा सुरेशकुमार याम्फू, सचिवमा बद्रीबहादुर याम्फू र कोषाध्यक्षमा अनितादेवी याम्फू सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा सूर्यकुमार याम्फू, प्रेमप्रकाश याम्फू, रीता याम्फू, नन्दबहादुर याम्फू, गणेश याम्फू, काजिमान याम्फू, योगराज याम्फू, भोगेन्द्र याम्फू, बिनोद याम्फू, बालकुमार याम्फु, र नबिन्द्र याम्फू रहेका छन् । महाधिवेशनको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्गले गरेका थिए । अशोककुमार याम्फूको सभापतित्वमा भएको कार्यक्रममा देशभरिका जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक उपस्थित रहेका थिए ।