अपिहिमाल गाउँपालिका–५ सौगन्नाकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैँ गाउँपालिका केन्द्रसम्म पुग्नुछन् । गाउँपालिका केन्द्रसम्म सडक नपुगेकै कारण उनले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पुर्याउने गछन् ।

गाउँपालिका केन्द्रमा अहिले प्रशासकीय भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि चाहिने सरिया बोकेर उनि दिनहुँ यहाँ पुग्ने गरछन्। त्यसबाहेक उनले स्थानीयदेखि व्यापारिक सामान बोकेर दिनहुँ गाउँपालिकाका खण्डेश्वरी, घुसालगायतका क्षेत्रमा पुग्ने गरेको बताए । 

श्रीमान् धीरेन्द्रसिंह धामी पनि उनिसँगै भारी बोक्ने काम गरछन्। “श्रीमान्–श्रीमती दुवै मिलेर भारी बोकेर परिवारको खर्च जोहो गर्ने गरेका छौँ, रोजगारीको अर्को विकल्प नभएपछि अप्ठ्यारो भारी बोक्नुपरेको छ”, उनलेभने । स्थानीय सरकार गठन भएको पाँच वर्षसम्म गाउँपालिका केन्द्रसम्म सडक सञ्जालले नजोडिएको यो गाउँपालिका हो । विटुले–पारिबगर हुँदै खण्डेश्वरी जोड्ने गरी निर्माण भइरहेको यो सडक अहिले गाउँपालिकाको वडा नं ५ मकरीगाड पुगेको छ ।

गाउँपालिका केन्द्रसम्म सडक सञ्जाल नपुग्दा अहिले यस क्षेत्रमा महिला भरिया धेरै भेटिने गर्छन् । पुरुष अधिकांश बाहिर गएर पनि काम गर्छन् । गाउँपालिकामा हुने विकास निर्माणदेखि अन्य सामान ढुवानीमा महिला बढी सक्रिय छन् । अप्ठ्यारो भारीको मकरीगाडबाट प्रतिकिलो  ३० सम्म भाडा लिने गर्छन् । माथिल्लो क्षेत्रका बासिन्दाले भारी बोक्दैनन् । जोखिमपूर्ण काममा अधिकांश वडा नं ५ र बाहिरका भरिया प्रयोग हुने गरेका छन् ।  

“भारी बोकेन भने घर खर्चदेखि छोराछोरीको पढाइलगायतको खर्च केबाट व्यहोर्नु रु”, धामीले भने, “दैनिक  दुई÷तीन हजार भारीबाट कमाइ हुन्छ ।” सिमेन्ट, खाद्यान्नलगायतका सामान अपिहिमालमा खच्चडमार्फत ढुवानी हुने गरेको छ । स्थानीय रेनुका धामीले दैनिक प्रतिकिलो ३० देखि ५० किलोसम्मको भारी तीन घण्टा उकालो चढेर पुर्याउने  गरेको बताए।

“कहिलेकाहीँ दुधे बालकलाई छाडेरसमेत भारी बोक्नुपर्ने बाध्यता छ, तीन÷चार घण्टामा फर्किहाल्छौँ”, उहाँले भन्नुभयो, “भारी नबोके परिवार चलाउन सकिँदैन, खेतबारीकै उत्पादनले पुग्दैन, खाद्यान्नको जोहो गर्न भए पनि भारी बोक्नैपर्छ ।”

भारी नबोके परिवार पाल्न समस्या हुने गम्फा ठगुन्ना भन्नुहुन्छ । खेतमा लगाएको अन्न बालीले वर्षभरि खान नपुग्ने र गाउँमा अन्य काम नभएको उनले बताए । अपिहिमाल जान मकरीकोट र घुसाको ओकालो बाटो साह्रै कठिन छ