इलामको माईजोगमाई गाउँपालिका ४ स्थित माईखोलामा डुवी बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माईजोगमाई ४ का दिपक राईको ९ वर्षीया छोरी अरिना राई रहेकी छिन । हिजो बेलुकी ४ बजे माईखोलामा माछामार्ने क्रममा पानीमा डुवि अचेत अवस्थामा आमाले फेला पारी उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घरमै मृत्यु भएको हो । 

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको जनाएकाे  छ ।