धनकुटा । धनकुटामा जलेर एक महिलाको मृत्यु भएको छ । धनकुटाको पाख्रीबास नगरपालिका–९ की ५९ वर्षीया शिवमाया मगरको सोमबार बिहान जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको चुलोमा आगो बाल्ने क्रममा जिउमा सल्किँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी हिलेका इञ्चार्ज पर्शु विष्टले जानकारी दिए ।

मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।