प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को कोसेलीस्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने ‘अविरल’ ले नयाँ साङ्गीतिक सौगात ‘माया लाइदेउन’ सार्वजनिक गरे।  

  प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक लामिछानेको सुमधुर स्वर सुन्न सकिन्छ । ‘खोजी रा छु मनकारी तिमी हो कि होइन, यो भाग्यमा के लेख्या छ केही थाहा छैन’, ‘आकाशकी जुन हौँ कि धरतीकि परी, रातो दिन तिमीलाई यो मुटु भरी’ लगायत माया पिरतीका गीत भिडियोमा समेटिएका छन् ।

गायक लामिछानेकै शब्द रहेको गीतलाई चर्चित सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ ले  सङ्गीत संयोजन गरे । सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेकाे । भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।  

म्युजिक भिडियोमा पल शाह र वर्षा राउतको अभिनय हेर्न सकिन्छ । पबी भट्टराई निर्मात्री रहेको भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘नमस्ते प्लस’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ