यासोक । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारका अग्नी पीडितलाई उद्योग बाणिज्य संघ शाखा यासोकले आर्थिक सहयोग गरेको छ ।
शनिबार साँझ भएको आगलागी कारण घरसहित पाँचवटा पसल जलेर नष्ट भएको थियो । स्थानीय झरेन्द्र खतिवडाको घरसहित पाँचवटा पसल जलेर नष्ट भएपछि उद्योग बाणिज्य संघ शाखा यासोकले १ लाख ५४ हजार १ सय रुपैयाँ संकलन गरी पीडित परिवारलाई हस्तान्त्रण गरेको हो ।
संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पीडित पाँच व्यवसायीलाई आर्थिक सहयोग गरेको हो । आगलागीबाट सबै भन्दा बढि क्षति भोगेका झरेन्द्र खतिवडालाइ ८९ हजार १ सय रुपैयाँ संघका संस्थापक अध्यक्ष गोपाल प्रसाद पोख्रेलले हस्तान्त्रण गरेका थिए । खतिवडाको तीन तले घरसहित इलोट्रोनिक पसल जलेर नष्ट भएको थियो ।
त्यस्तै अर्का व्यवसायी याम रम्तेल र टेक बहादुर नेपाली (बिचारी) लाई २० हजारको दरले रकम हस्तान्त्रण गरिएको थियो । त्यस्तै मिलन गर्तौला र सर्मिला लावतीलाई १२ हजार ५ सयका दरले कुल १ लाख ५४ हजार १ सय रुपैयाँ हस्तान्त्रण गरेको संघका महासचिव महेन्द्र खड्काले जनाए ।
शनिबार साँझ जुत्ता पसलको कोठाबाट विद्युत सट भई भएको आगलागी हुदा पाँच व्यवसायीको ८० लाख बढिको क्षति भएको थियो । आगलागीबाट सर्बस्व गुमाएका व्यवसायी खतिवडाले आफ्नो परिवारको सर्बस्व गुमेको स्मरण गर्दै सबैको सहयोगले आत्मबल बढेको बताए । उद्योग बाणिज्य संघ शाखा यासोकले राहत संकलन अभियानलाई निरन्तरता दिने संघका नि.वर्तमान अध्यक्ष नरेन्द्र बोहोराले बताए ।