प्रेस चौतारी धरान उपमहानगर समितिको तेस्रो अधिवेशनबाट अध्यक्षमा रोशन दाहाल  चयन भएका छन् । 

 आइतबार सम्पन्न अधिवेशनमा उपाध्यक्षमा रमेश राई  र मेरिना तुम्सा, सचिवमा सन्जोकबाबू दाहाल , सहसचिवमा सन्देश तिम्सिना, ललित राई  र कोषाध्यक्षमा देवीका चाम्लिङ चयन भएका हुन् । १३ सदस्यीय समितिमा सदस्यहरूमा मौसमी कार्की, स्नेहा श्रेष्ठ, प्रतिक्षा बिशुन्खे र आइतुमाया तामाङ चयन भएको प्रेस चौतारी सुनसरीका सचिव दिनेश गजमेरले बताएका छन् ।

त्यस्तै अधिवेशनमा धरान कार्यक्षेत्र बनाइ क्रियाशील पत्रकारिता गर्दै आएका दुई जना पत्रकारलाई सम्मान गरिएको छ ।  सम्मानित हुनेहरूमा  हर्ट एफएममा स्टेसन म्यानेजर रमेश राई  र कृति टेलिभिजनमा कार्यरत मौसमी कार्की रहेका छन्  । उनीहरूलाई ५ हजार नगद तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।