झापामा  कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाकाे  भद्रपुर नगरपालिका ६ नँया बस्तीबाट कटुवा पेस्तोलसहित  २४ बर्षीय मुगालाल माझी पक्राउ गरेकाे  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । कार्यालयका अनुसार आइतबार बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिगएको प्रहरी निरीक्षक दल कुमार राईको टोलीले माझीको घरमा  खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद गरेको हो । 

 पेस्तोलसहित पक्राउ परेका माझी माथी थप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ।