धरानमा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ र मृत्यु हुनेहरूमा धरान ११ का ४५ बर्षीय पुरुष र धरान वडा नम्बर १५ का ७२ बर्षीय वृद्ध रहेकाे बीपी काेरइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सह– प्रवक्ता डा. चुरामणी  पोखरेलले जनाएका छन् । 

उनका अनुसार माघ ६ गते कोभिड संक्रमण पुष्टि भइ साेही दिन प्रतिष्ठानकाे कोभिड अस्पताल भर्ना  भएका ४५ बर्षीय पुरुषकाे हिजो राती ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।  दीर्घ रोगी रहेका मृतकले कोभिड १९ विरुद्धको खोप लगाएको पनि प्रतिष्ठानले जनाएको छ । 

त्यस्तै,  माघ ९ गते संक्रमण पुष्टि भएइ  बुधबार कोभिड अस्पतालमा भर्ना भएका  ७२ बर्षीय वृद्धको  आज बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिएका छन् । 

 मृतक  वृद्धले पनि कोभिड विरुद्धको खोप लाएकाे प्रतिष्ठानले जनाएकाे छ । उनको शवको व्यवस्थापन नियम अनुसार गरिएको प्रतिष्ठानले जनाएको छ ।