श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ १३ गते विहिबार, २७ जनवरी २०२२ । राक्षस संवत्सर माघ कृष्णपक्षको दशमी तिथि २ः३६ बजे सम्म, उप्रान्त एकादशी नक्षत्र विशाखा ९ः०९ बजेसम्म, उप्रान्त अनुराधा , चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः४० बजे हुनेछ । मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) आज भाग्यले विभिन्न अवसर जुराउने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धर्म तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तिव्रता पनि लिने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ वस्त्र अलङ्कारको प्राप्ती हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । भौतिक साधन जुराउने समय देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) नसोचेको ठाउँबाट धनागमन हुनेछ । पुँजी बजारको सहयोग पनि पाइने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आलस्य र थकानको अनुभुति हुनेछ । व्यक्तिगत स्वास्थ र यात्राप्रति सतर्क रहनुपर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नविन रोजगारीको अवसर आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अरुलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरुले काममा साथ दिनेछन् ।