धरानमा थप एक जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान १४ का २९ वर्षीय पुरुष रहेको बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जनाएका छन् ।

उनका अनुसार माघ ३ गते कोरोना संक्रमण पुष्टि भई ४ गते प्रतिष्ठानको कोभिड  अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा गयराती ८ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । मृतकोको शवको नियम अनुसार व्यावस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।