धरान । नेपालमा मंगलबार १२ हजार ८ जनामा कोरोना भाइरस देखिँदा थप ८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक संक्रमित हुने संख्यामा मंगलबार सबैभन्दा बढी हो ।

यसअघि ११ हजारसम्म संक्रमित देखिएका थिए । मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टामा ३ हजार ४० जना संक्रमित रोग मुक्त बनेका छन् । हाल देशमा ८८ हजार ९३४ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै प्रदेश १ मा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा ८, तेहृथुममा ७, इलाममा ४, उदयपुरमा ३, संखुवासभामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना संक्रमण भएको हो । मंगलबार ३२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ हजार ८२१ रहेको मन्त्रालयले जनाएको छ ।