आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० ले बढेको हो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ ।

तेजावी सुन तोलाको ९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला एक हजार २३५ पुगेको छ ।