सर्लाही। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लालवन्दी उपशाखाले जीवन बीमा गराएका स्व।राजन प्रसाद गुप्ताको परिवारलाई रु २ लाख ६५ हजार  मुत्यु दाबी भुक्तानी गरेको छ ।

लालवन्दी नगरपालिका वडा नं.११ निवासी बिमित स्व.राजन प्रसाद गुप्ताकोे परिवारलाई २ लाख ६५ हजार  हस्तान्तरण गरेको लालवन्दी उप–शाखाका नि. प्रमुख राजेश अधिकारीले बताए । 

उक्त मृत्यु दाबी रकम बीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रदेश नं.२ का  प्रमुख दशरथ झाले मृतकको आमा परमिला देवी साह कमलमापुरीलाई चेक प्रदान गरे हो ।

सो बिमा वापतको रकम परिवारले बुझेपछि मृतकको आमा परमिला देवी साह कमलमापुरीेले भने आफूहरुले बिमा वापतको रकम पाएको बताएकी छिन । आमा  परमिला देवी साह कमलमापुरीले भने छोराको मृत्यूले दुखित भएता पनि परिवारका लागी सो बिमा रकमले सहयोग पुगेको बताए ।

छोराको मृत्यु भएपछि आफूलाई पिर लागेको बताए । तर बेलैमा बिमा गरेका कारण सो रकमले आफुहरुलाई परिवारमा आर्थिक रुपमा केही सहयोग पुग्ने विश्वास व्यक्त गरे । बिमाको रकम बुझ्न गाह्रो हुन्छ भन्ने भ्रम मात्र रहेको र आफुले बिमा वापतको रकम तुरुन्त पाएको मृतकका आमा परमिला देवी साह कमलमापुरले बताए ।