विराटनगर । मोरङको जहदा गाउँपालिको अत्याधुनिक सुविधा सम्पन्न नयाँ प्राशासनीक भवन बन्ने भएको छ ।
१० करोड ४५ लाख ३२ हजार ७ सय रुपैयाँमा गाउँपालिकाको नयाँ प्रशासकिय भवन बन्ने भएको हो ।
जहदा ५ मा १० कठ्ठा क्षेत्रफलमा नयाँ बन्ने चार तलाको सुविधा सम्पन्न भवन रहनेछ । गाउँपालिकाको नयाँ भवन निर्माणको लागि स्थानिय धुव्रहरी कोराइलाको परिवारले जग्गा दान गरेका हुन् ।
नयाँ भवन निर्माणको लागि काठमाण्डौंको अनक एण्ड जोपा एण्ड ब्रर्दशले ठेक्का पाएको छ । गाउँपालिकाले ११ करोड १२ लाख २८ हजार ९ सय १२ रुपैयाँमा अनुमानित लागतमा २७ साउनमा टेण्डर खुलाएको थियो । जसमा १५ वटा निर्माण कम्पनीले आवेदन दिएको गाउँपालिको प्रम्ख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिए ।
१५ फर्मले आवेदन दिएको मध्ये दुई वटा फर्मले मात्र सम्पूर्ण प्रक्रिया पूरा गरेका थिए । १३ वटा फर्मले तोकिएको मापदण्ड अनुसारको प्रक्रिया पुरा नगरेको पाइएपछि उनीहरूका आवेदन रुद्ध भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।
स्वीकृत भएका बिकोइन साह जेबीले भन्दा कम कबुल गरेर आवेदन दिएको कारणले अनक एण्ड जोपा एण्ड ब्रर्दशले ठेक्का पाएको घिमिरेले बताए । ठेक्को लागि बिकोइन शाहले १० करोड ५६ लाख ४१ हजार ६ सय ८३ रुपैयाँ कबुल गरेर आवेदन दिएको थियो ।
‘ठेक्का प्रक्रियामा अनियमितता भएकै छैन’
जहदा गाउँपालिका अध्यक्ष कैलाश प्रसाद मण्डलले गाउँपालिको नयाँ बन्ने प्रशासकिय भवनको ठेक्का प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता नभएर पारदर्शी तरिकाले काम भएको दाबी गरेका छन् । आइतबार गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै उनले गाउँपालिको ठेक्का प्रक्रिया अनुसार पारर्दशी तरिकाले काम भएको बताए ।
‘केही मिडियामा ठेक्का प्रक्रियाको क्रममा अनियमितता भएको भनियो । तर, मिडियामा भनेजस्तो छैन,’ उनले भने, ‘प्रक्रियागत तरिकाले काम भएको छ ।’ आउँदै गरेको चुनावलाई लक्षित गरि विपक्षीले भ्रम सृजना गरेको उनेल बताए ।
अध्यक्ष मण्डलले गाउँपालिका भित्र विकास कुनै पनि काम नरोकिने बताए । प्रक्रियागत रूपमा ठेक्का प्रक्रिया अगाडी बढेकोले चाँडै निर्माण कम्पनीसँग सम्झौता गरेर काम अघि सर्ने अध्यक्ष मण्डलले बताए । ‘२५ पुसमा गाउँपालिकामा कार्यपालिको बैठक बस्दैछ,’ उनले भने, ‘यही बैठकबाट ठेक्को स्वीकृत प्रदान गरेपछि निर्माणको प्रक्रिया पनि क्रमश अगाडी बढनेछ ।’