विराटनगर ।  लायन्स क्लब अफ विराटनगर ग्लोबलले ब्लाष्टकर्मी अनिल श्रेष्ठसहित तीन जनालाई सम्मान गरेको छ । 

विराटनगरमा शनिबार भएको क्बललको नवनिर्वाचि पदाधिकारी र सदस्यहरुको पदस्थापन कार्यक्रममा श्रेष्ठसहित मकालु टेलिभिजनका पत्रकार नविन कर्ण र जिल्ला ट्राफिक प्रही कार्यालय मोरङका प्रमुख इनिस्पेक्टर चन्द्रबहादुर खड्कालाई सम्मान गरेको हो । 

सम्मानित भएकाहरूलाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रममको प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सम्मान गरेका थिए । क्बलका नवनिर्वाचित कार्यसमितिले पदभार पनि ग्रहण गरेका छन् ।

क्लबको वर्ष २०२१–०२२ का लागि मो. नसरुलको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मत निर्वाचित भएका कार्यसमितिहरुले पदस्थापन गरेका छन् । कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट ३२५ एवानका गर्भनर रेवतबहादुर कार्की, लायन्सका पूर्व गर्भनरहरु लिला ढुङगेल, फुलकुमार लालवनीलगायतको उपस्थित रहेको थियो ।