विजयपुर । भारतीय पेन्सन वितरण कार्यालय धरानको आयोजनामा शनिबार सम्पन्न रक्तदानमा २ सय २ युनिट रगत सङ्कलन भएको छ ।
धरान–१३ स्थित कार्यालयमा सम्पन्न रक्तदानमा भारतीय पूर्व सैनिक तथा सैनिकका आफन्त, नेपाल प्रहरी, सशस्त्र प्रहरीले रक्तदान गरेका थिए ।
भारतीय पेन्सन कार्यालय धरानका प्रमुख मेजर अभिषेक सिंहका अनुसार उदयपुरको बेल्टार, मोरङको पथरी, सुनसरीको तरहराका भूपूहरूले रक्तदान गरेका थिए । उनले सङ्घीय प्रहरी इकाई र सशस्त्र प्रहरीले पनि रक्तदान गरेको बताए ।
उनले १५ अगष्टमा भारत स्वतन्त्र भएको ७४ वर्ष पूरा भई ७५ वर्ष लाग्ने र त्यसकै अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको बताए । उनले प्रत्येक वर्ष रक्तदान कार्यक्रम आयोजना गरिने बताए ।