श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर २६ गते आइतबार, १२ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग शुक्लपक्षको नवमी तिथि २०ः१५ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र उत्तरभाद्र ००ः१० बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः४४ र सूर्यास्त ५ः१० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । दिन सामान्य छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सौन्दर्य प्रसाधनमा धन खर्च हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कार्यमा मन जानेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिन राम्रो रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रामा मालसामान हराउन सक्छ । स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ । दिन सामान्य छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । मन शान्त रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पेटसम्बन्धी समस्याले सताउन सक्छ । खानपानमा ध्यान पु¥याउनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन चलाउँदा विशेष ध्यान दिनुहोला । व्यवसायमा लगानी गर्दा विचार पु¥याउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट सोचेजस्तो आम्दानी होला र मन प्रसन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वित्तीय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तराद्र्ध अधिक सुखद् रहनेछ ।