धरान । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको तीव्र संक्रामक भेरिएन्ट ओमिक्रोन भारतमा पनि देखिएको छ । 

दक्षिण भारतीय क्षेत्र कर्नाटकमा दुई जनामा ओमिक्रोन देखिएको भारतीय सरकारले पुष्टि गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जना पुरुष हुन् । ६६ वर्षीय र ४६ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको हो । उनीहरूको पहिचान भएपछि उनीहरूसँग सम्पर्कमा आएकाहरूको पहिचान गर्न थालिएको छ । 

भारत सरकारले ओमिक्रोनसँग नडराउनका लागि आग्रह गरेको छ । ओमिक्रोनबारे चिन्ता लिनुपर्ने अवस्था नरहेको भए पनि सचेतना अन्त्यन्त आवश्यक रहेको जनाएको छ । बिहीबार स्वास्थ्इ मन्त्रालयका सहसचिव लव अग्रवालले ओमिक्रोनका दुई सङ्क्रमित भेटिएको पुष्टि गरेका छन् । 

स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर कर्नाटकमा बुधबार राति संक्रमित भेटिएका हुन् । संक्रमितको सम्पर्कमा आएका कतिजना छन् भन्ने विषयमा पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ ।