विजयपुर । ३४ औं एड्स दिवसको अवसरमा धरान पोजेटिभ समूहले ५ जनालाई सम्मान गरेको छ ।

समूहले धरानमा रहेर एचआईभी एड्सका क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका ५ जनालाई सम्मान गरेको हो । सम्मानीत हुनेमा पत्रकार विकास चाम्लिङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका असिस्टेण्ट प्रो. डा. श्याम प्रधान, प्रतिष्ठनकै एआरभी काउन्सेलर नर्स निशा श्रेष्ठ, एचआईभी एड्सका क्षेत्रमा काम गर्ने कृष्ण सुन्दर राई र स्व. नरेशलाल श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई एचआईभी एड्स पहिलो एक्सपोजर भई संक्रमितहरूलाई सङ्गठित गर्दै समाजमा पुनस्र्थापना गराएकाले सम्मान गरेको समूहका उपाध्यक्ष रोमनकुमार राईले बताए ।

समूहले दिवसका अवसरमा अन्तक्र्रिया कार्यक्रम पनि गरेको थियो । समूहको आयोजनामा भएको कार्यक्रमको संयोजन राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपाल प्रदेश नं. १ ले गरेको थियो भने क्षेत्रीय स्वास्थ्य कार्यालय धनकुटाको सहयोग रहेको थियो । समूहले दिवसको अवसरका भानुचोकमा दीप प्रज्ज्वलन पनि गरेको छ ।