सुनसरी क्षेत्र नम्बर ३ मा निर्वाचन हुन ढिलाइ भएको भन्दै काँग्रेसका कार्यकर्ताहरूले नाराबाजी गरेका छन्  ।

काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंगलबार हुनुपर्ने क्षेत्रीय प्रतिनिधिको निर्वाचन बिहिबार पनि समयमै हुन नसकेपछि  कार्यकर्ताहरू आक्रोशित बनेका हुन् ।  

 नेता विजयकुमार गच्छदारको क्षेत्र रहेको क्षेत्र नम्बर ३ मा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरेका संस्थापना पक्षका गच्छदारले  (पौडेल कोइराला) समूहका मेहेदी हुसैनलाई सभापति बनाउने गरी दुवै पक्षबिच सहमति गराएका थिए । उक्त सहमतिमा गढी, दुहबी र बर्जुका नेताहरू नअटाएको भन्दै कार्याकर्ताहरूमा असन्तुष्टि रहेको छ । 

गच्छदार समूहबाट प्रदिप चौधरी र उनीनिकट  सत्यनारायण मण्डलले पनि उम्मेदवारी  दिएका छन् भने, पौडेल कोइराला समूहबाट हुसैनको उम्मेदवारी रहेको छ । हिजो राती गच्छदारले सहमतिमा प्रतिनिधि छनौट गरेको भएपनि छनौटमा नपरेकाहरूमा तिब्र असन्तुष्टि  रहेपछि  क्षेत्रीय प्रतिनिधिहरूले मतदान गर्नु पर्ने माग रहेको एक नेताले बताएका छन् ।  

कार्यकर्ताहरूको नाराबाजीका बिच पनि सहमतिको प्रयास भइरहेको उनको भइनाइ छ ।