धरान । प्रदेश स्काउट कार्यालय विराटनरले धरान–२ स्थित शिक्षा निकेतन स्काउट ट्रूपलाई निःशुल्क स्काउट पोसाक वितरण गरेको छ ।

निकेतनका १६–१६ जनाको स्काउट टूुपलाई पोसाक वितरण गरिएको प्रदेश १ सदस्य हेमन्त भण्डारीले जानकारी दिए । सामुदायिक विद्यालयमा स्काउटिङ शिक्षालाई प्रभावकारी बनाउनका लागि पोसाक वितरण गरिएको धरान स्काउटका संयोजक अनुप तामाङले जानकारी दिए । सोमबार एक कार्यक्रम गर्दै छात्रछात्रालाई पोसाक दिइएको हो ।

कार्यक्रममा धरान नगर संयोजक अनुप तामाङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश राई, स्काउटका प्रदेश सदस्य हेमन्त भण्डारीलगायतले विद्यार्थीलाई पोसाक हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको संयोजन नेपाल स्काउट धरान नगर तदर्थ समितिले गरेको थियो । कार्यक्रममा तदर्थ समितिका सदस्य सन्तोष कोइराला, अमित अग्रहरी, शिक्षा निकेतनका प्राचार्य उमेश गुरागाईं, स्काउटर रेवत पौडेललगायतको उपस्थिति रहेको थियो ।

niketan-(2)