श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर ९ गते बिहीबार,  २५ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग कृष्णपक्षको षष्ठी तिथि ५ः०५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पुष्य १९ः०८ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः३२ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विचार पुर्याएर निर्णय लिनु होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चिताएका कामले तीव्रता लिन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्यको योजना बन्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हाँसखेल र मनोरञ्जनपूर्ण दिन रहेको छ । पारिवारिक मेलमिलाप हुनेछ । यात्रा सफल रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफूलाई कमजोरी भएको महसुस हुनेछ । नयाँ कामको योजनामा ध्यान दिनु होला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सभा, समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । रमाइलो यात्रा रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार–व्यवसायका क्षेत्रमा प्रगतिको वातावरण बन्नेछ । थालेका कामकाज सम्पन्न हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा समस्या आउने हुँदा खानपानमा विचार पु¥याउनु होला । कुनै कुराले मनमा निराशा छाउनेछ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समाजसेवामा मन लाग्नेछ । वैदेशिक क्षेत्रबाट प्रशस्त लाभ मिल्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आँखासम्बन्धी समस्याले सताउन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला ।