धरान । आन्तरिक राजस्व कार्यालय धरानले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा विजयी बनेकी एम्स एकेडेमी विज्ञान सङ्कायकी उषा कार्कीलाई कलेजले सम्मानित गरेको छ । 

कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी सम्मानित गरेको कलेजका व्यवस्थापन सङ्कायका प्रमुख संयोजक दुर्गा सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार मङ्गलबार सम्पन्न प्रतियोगितामा एम्सकी उषा तेस्रो बनेकी थिइन् । उनले विज्ञान सङ्कायका विद्यार्थीहरू ‘सिङ्गल डाइमेन्सन’ का हुने भनी व्याख्या गरिए पनि विज्ञान सङ्कायमा पढ्ने विद्यार्थीहरू त्यस्तो नहुने भन्ने प्रमाणित गरिदिएको बताए । 

aims_dharan (2)

‘विज्ञान पढ्ने भनेपछि यिनीहरू पढन्ते मात्रै हुन्, यिनीहरूलाई अरूथोक आउँदैन भन्ने बुझाइ छ’ बधाई कार्यक्रममा उनले भने, ‘तर, यी नानीले प्रमाणित गरेर देखाइदिएकी छिन् कि विज्ञानका विद्यार्थीहरू पनि सबै क्षेत्रमा उत्तिकै दख्खल हुन्छन् भन्ने ।’

त्यसक्रममा स्कुलका विज्ञान सङ्कायका संयोजक किशोर राई, कलेजका शैक्षिक संयोजक हेमन्त भण्डारी, शिक्षिका पूजा अग्रवाल, किशोर भण्डारी, निकेश घिमिरेलगायतले बधाई ज्ञापन गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे । भण्डारीले यस्ता कार्यक्रमहरूको तयारी भइरहेकाले अन्य विद्यार्थीहरूलाई पनि तयारी भएर बस्नका लागि आग्रह गरे । 

aims_dharan (4)

एम्सले अतिरिक्त क्रियाकलापअन्तर्गत फुटबल, फुटसल, बास्केटबल, वक्तृत्वकला, हाजिरीजवाफलगायतका कार्यक्रम गर्दै आइरहेको छ । त्यस्तै विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्नका लागि हरेक वर्ष व्युटी पेजेन्ट, सिङ्गिङ तथा डान्सिङ कार्यक्रम पनि गर्दै आएको छ । 

aims_dharan (3)