सङ्खुवासभा । सङ्खुवासभाको मकालु वेस क्याम्प घुम्न गएका एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ याङ्लेखर्कमा इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुका धरणीधर घिमिरे रहेको प्रहरी जनाएको छ । 

मकालु बेश क्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु भएको प्रहरी निरीक्षक शुभेष अधिकारीले बताए । घिमिरे श्रीअन्तुका शिक्षक तथा होमस्टे व्यवसायी समेत हुन् । याङ्लेखर्कमा पुगेपछि घिमिरेलाई स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि बोकेर सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । 

गत असोज २८ मा मृतक घिमिरेसहित उनका जेठा दाजु एकराज, माइला दाजु रुद्र, छिमेकी मिलन ढकाल, मारेङको विराटनगर महानगरपालिका–४ का उज्वल घिमिरे, सुनसरीका सौजन घिमिरे र सङ्खुवासभाको चैनपुर नगरपालिका–६ का श्याम राउत घुम्न निस्किएका थिए । घटनास्थल सदरमुकाम खाँदबारी बाट ५ दिनको पैदलमा पर्दछ । गत बर्ष खाँदबारी नगरपालिका–१ का २४ वर्षीय विवेक श्रेष्ठको लेक लागेर वेस क्याम्पमा नै मृत्यु भएको थियो ।