आइज दशैं, 
पृथ्वीको एक पूर्ण परिक्रमा सँगैं
जीवनको एउटा दशैं घटाएर जा ।
थुप्रै आशिर्वादको पहिरोले
जिम्मेवारीको बोझ थुपाएरेर जा ।
हिजोको रावणहरुलाई मारेर
धेरै रामहरुलाई जिताएर जा ।
भातृत्व विर्सनेहरुलाई
लक्ष्मणको निष्ठा व्युत्याएर जा।
अपहरित भएका अादर्श
सीताहरुलाई मुक्ति गराएर जा ।
संस्कृती विर्सनेहरुलाई
एकपटक फेरि सम्झाएर जा ।

आइज दशैं, 
अरु के नै गर्न सक्छस् र,
कम से कम,
आँशुहरु पिएर निच‍ोरिएका
हर जीवनमा,
केही क्षण भए नी मुस्कान छरेर जा ।
अनि मरेर जिउनेहरुलाई
हाँसेर बाच्न सिकाएर जा ।
हे दशैं, 
यस रहस्यमय जीवनको 
अरु एक बर्षको महत्व दर्शाएर जा ।
आइज दशै स्वागत छ ।

 (हाल: टेक्सास्)