धरान । प्रदेश १ को धरानमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १० जना संक्रमित देखिएकोमा इटहरीमा ६ र धरानमा ४ जनामा संक्रमण देखिएको हो । 

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना पुष्टि भएको छ । १४५ जनाको पीसीआर परीक्षण गर्दा १९ र १५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०, मोरङमा ६ र झापामा ३ जनामा संक्रमण भएको हो । मोरङको विराटनगर र सुन्दरहरैंचामा २–२, पथरीशनिश्चरे र बूढीगंगामा १–१,  झापाको बुद्धशान्ति, भद्रपुर र कचनकवलमा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शुक्रबार १८९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९७ महिला र ९२ पुरूष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ पुरूषको मृत्युु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।