धरान । सडक मानव आश्रित ‘माया घर’ का आश्रितलाई इटहरी उपमहानगरले नयाँ लुगासहित मासु खाना दिएको छ ।
माया घरमा १ सय २ जना आश्रित छन् । अष्टमीको दिन स्थानीय सरकारले खाना खुवाएका हो । नगरकी उपप्रमुख लक्ष्मी गौतमले आश्रितहरुलाई नयाँ लुगा वितरण गरिन् ।
माया घरकी सचिव सुभद्रा प्याकुरेलले आश्रितका लागि दशैं आएको अनुभव भएको बताइन् । माया घरले मानसिक सन्तुलन ठीक नभएका असहायहरुलाई आश्रय दिँदै आएको छ ।