वराहक्षेत्र/ प्राथमिक स्वास्थ्य सेवा केन्द्र चतरालाई वराहक्षेत्र वार्ड नं २, हाल अमेरिका निवासीले १ लाख ६० हजार रुपैंया बराबरको माइक्रोसकोप यन्त्र सहयोग उपलब्ध गराएका छन् ।

आइतबार उनीहरुको प्रतिनिधि संगीता थापा मगरले पिएचसीसीका व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण भट्टराईलाई सूक्ष्मदर्शक उपकरण हस्तान्तरण गरिएको, केन्द्रका व्यवस्थापन निर्देशक डाक्टर अनिल गिरीले बताए ।

संगीता थापा मगर जिवन कटुवालले जनही ४ सय ८०, धुव्र गौतम, दिनेश घिमिरे, दया प्याकुरेल र यदु गरागांई प्रत्येकले १ सय ६० गरि १ हजार ६ सय अमेरिकी डलर जम्मा गरि सहयोग गरिएको संगीता थापाले बताईन् ।

सूक्ष्म दर्शक यन्त्र उपलब्ध गराउने संगीता थापालाई स्वास्थ्य केन्द्रको तर्फवाट व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण भट्टराई, डाक्टर अन्जु थापा, समितिका सदस्यहरु ल्कमानविक र दुर्गादेवी बुढाथोकीले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।