विजयपुर । धरान–१२ को सुनाखरी स्कुलले पुँजी बजारसम्बन्धी आधारभूत तालिम सञ्चालन गरेको छ ।

शुक्रबार स्कुलले कक्षा–११ का विद्यार्थीहरुलाई केन्द्रित गरी पुजी बजार (शेयर मार्केट) सम्बन्धि तालिम सञ्चालन गरेको हो । आधारभुत तालिममा पुँजी बजार के हो? कसरी प्रवेश गर्ने, कति लगानी गर्ने, कुराको विषयमा जानकारी दिइएको थियो ।

कस्ता व्यक्तिले पुँजी बजार लगानी गर्ने सम्बन्धि तालिम दिइएको थियो । डिम्याट एकाउण्ट, मेरो शेयर खोल्नका लागि आवश्यके कागजात विषयमा पनि जानकारी दिइएको थियो । तालिमको सहजीकरण दिपा लिम्बूले गरेकी थिइन ।

दिपा पुँजी बजारसम्बन्धी जानकार र लगानीकर्ता हुन् । उनले बालबालिकाकादेखि बृद्धबृद्धा सबैले शेयर बजार प्रवेश गर्न सक्ने बताइन् । दिपाले सहजीकरणमा सबैले पुँजी बजारमा प्रवेश गर्नु पर्ने धारणा राखिन् । उनले हाल ४४ लाख व्यक्ति पुजी बजारमा लगानी गरेको बताइन् । उनले लकडाउन भएपछि शेयर बजारमा लगानीकर्ता बढेको बताइन् ।

उनले् भनिन्, ‘लकडाउन हुनुपूर्व ४ लाख डिम्याड एकाण्ट थियो, हाल ४४ लाख पुगेको छ, यो सुखद कुरा हो ।’ दिपा सुनाखरी विद्यालयकी पूर्व विद्यार्थी हुन् । स्कुलका प्रधानाध्यापक मिलन राईले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनका लागि तालिमको आयोजना गरेको बताए । उनले भने, ‘हाल शेयर मार्केट क्रेज बढेको छ, आर्थिक रुपमा सवल हुनका लागि पनि शेयर मार्केटसम्बन्धी ज्ञान आवश्यक रहेछ ।’

तालिममा कक्षा–११ का विद्यार्थी र अभिभावक पनि सहभागि भएको उनले बताए । तालिम स्कुलका निर्देशक प्रदिप राईको अध्यक्षतामा सम्पन्न स्कुलका शिक्षक दिनेश्वर बरालले जानकारी दिए ।