संखुवासभाको खादबारी नगरपालिकामा ट्याकटर दुर्घटना हुँदा चालकाको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

गयराती ८ बजेर १५ मिनेटमा नगरपालिकाको २ नम्बर वडास्थित चेवाबाट चारबार तर्फ जादै गरेको प्र१०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर खाली ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी १५ मिटर तल खसि दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु हुने ट्याकटरका चालक खादबारी नगरपालिका ५ लेलुवा का २५ बर्षीय मणी तामाङको रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

कार्यालयका अनुसार ट्याक्टर पल्टदा गम्भिर घाइते भएका चालक मणी र सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङलाइ प्रहरी चौकी मानेभन्ज्याङबाट खटिएको प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पताल खादबारीमा उपचारकोकागि पठाएकोमा चालक मणीको गयराती साढे १० बजे मृत्यु भएको हो ।

गम्भिर घाइते तामाङलाइ भने थप उपचारकालागी धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा ल्याइएको कार्यालयले जनाएको छ ।

ट्याक्टर घटनास्थलमानै रहेकोले निकाल्न पहल भईरहेको छ ।