धनकुटा । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई बुधबार सम्मान गरिएको छ । 

तामाङ पत्रकार संघ १ नम्बर प्रदेश समितिको समन्वयमा सम्पन्न कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले धनकुटाको हिलेमा प्राधिकरणको नामको २ सय रोपनी खाली जग्गामा १ नम्बर प्रदेशस्तरको तालिम केन्द्र खोल्ने तयारी भइरहेको बताए । उनले प्राधिकरणलाई संघीय संरचनामा जाँदा प्रदेशस्तरको १ नम्वर प्रदेशमा विधुत प्राधिकरणलाई तालिम केन्द्र अति आवश्याक भएकाले भवन निर्माणका लागि आवश्यक पहल भइरहेको बताए ।

घिसिङले यसै आर्थिक वर्षदेखि विद्युत् प्राधिकरणको तालिम केन्द्र संचालन गर्न भवन निर्माणको कार्यअगि बढ्ने बताए । उनले हिले बजारवासीहरूले धनकुटा–१ का वडाध्यक्ष निरेन तामाङमार्फत विद्युत्को पोल व्यवस्थापनका लागी अनुरोध आएकाले पनि आवश्यक सहयोग गरिने प्रतिवद्धता गरे । 

प्रमुख कार्यकारी घिसिङलाई नेपाल तामाङ घेदुङका संघीय सदस्य लालचन्द्र गोङ्बा तामाङ, तामाङ घेदुङ १ नम्बर प्रदेश समितिका निवर्तमान सचिव एवम् धनकुटा १ वडाध्यक्ष निरेन तामाङ, तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङलगायतले सम्मान गरे । जिल्ला घेदुङ धनकुटाको तर्फबाट सचिव फुर्वा घिसिङ तामाङले निर्देशक घिसिङलाई मायाको चिनो समेत प्रदान गरेका थिए । स्वागत तथा सम्मान कार्यक्रमको संचालन तामाङ पत्रकार संघ १ नम्बर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाले गरेका थिए ।