विजयपुर /  नेपाल मगर सङ्घ धरान–१७ को अध्यक्षमा इन्द्रबहादुर थापा मगर चयन भएका छन् ।

मगर सङ्घले आफ्नो सङगठन विस्तार गर्ने क्रममा बिहीबार धरान–१७ स्थित पञ्चकन्या माविमा भेला गर्दै मगरको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको सचिवमा बिजय थापा मगर र कोषाध्यक्षमा सुस्मा थापा मगर रहेका छन भने सदस्यहरूमा पुष्पा बुर्जा मगर, चम्फा मगर, रुपन मगर र गिता थापा मगर रहेको सङ्घका सदस्य बिनोद आले मगरले जानकारी दिए ।

भेलामा मगर सङ्ंघका पुर्व धरान अध्यक्ष नरकुमार मगराती मगर, सुनसरी जिल्ला सदस्य दिपा दर्लामी मगर र नेपाल मगर बौद्ध सेवा समाज धरानकी सहसचिव लीला राना मगरलगायतको उपस्थिति रहेको सङ्घका नगर अध्यक्ष चित्रराज थापा मगरले जानकारी दिए ।