अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ ।

एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् । विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन ।

प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ ।