यासोक । पाँचथरको कुम्मायक गाउँपालिका—१ का उत्सव बराललाई तिनजुरे मिडिया ग्रुप प्रवास नेपाल प्रा.लिले आर्थिक सहयोग गरेको छ ।
शारीरिक रूपमा अपाङ्ग कुम्मायक–१ का ८ वर्षीय बराललाई प्रालिले १९ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो ।
मिडिया ग्रुप प्रवास नेपालले इजराइल, साउदी, दुबई लगायत देशबाट रकम संकलन गरी गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ मार्फत सहयोग रकम हस्तान्तरण गरिएको छ ।